अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।यस्ता छन् अनारका फाइदा स् धमनीको रक्षा स् अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।पखला निको पार्छ स् ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।किड्नी जोगाउँछ स् अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।
गर्भवती महिलालाई फाइदा – अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।कोलेस्टोल घटाउँछ स् अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।
क्यान्सर बिरोधी – अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।उच्च रक्तचाप नियन्त्रण गर्छ स् अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ स् यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।
यो पनि पढ्नुहोस् (विर्य योनी बाहिर फाले भनेर ढुक्क नहुनुस् गर्भ रहन सक्छ – रक्त अल्पताबाट जोगाउँछ स् अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।शरिरलाई शान्त बनाउँछ – अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।
कलेजोको उपचार – अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।पेटलाई शान्त पार्छ स् अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।
छालालाई पनि फाईदा स् च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।कपालको रक्षा स् नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।यौन स्वास्थ्य मजबुत पार्छ स् अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ । नोटस् स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ ।
अनारको बोक्राको पनि यस्ता फाईदा – यो पनि पढ्नुहोस् -गर्भ नरहुनका कारण के के हुन ? हेर्नुहोस् पुरा खवर धेरै यस्ता फलफुल छन् जसलाई खाँदा हामी स्वास्थ रहन सक्छौँ । त्यस्ता फलफुल मध्ये अनार पनि एक हो । अनार खानुका निकै फाईदा छन् त्यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर, अनारको बोक्रा पनि निकै उपयोगि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।भिटामिन युक्त अनारको बोक्राले छाला चम्किलो पार्ने मात्र होईन कैयौँ रोग पनि लाग्नबाट बचाउन सक्छ । महिनावारीको समयमा अत्यन्त पीडा भएमा यसको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई पिसेर पानीमा घोलेर खानाले पीड, दुखाई कम हुनसक्छ ।
साथै, कपाललाई स्वस्थ बनाउन या चाँयाको समस्याबाट छुटकारा पाउन होस् तेलमा अनारको बोक्राको धूलो मिसाएर कपाललमा लगाउने र दुई घण्टापछि शेम्पोले नुहाउनाले त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।यतिमात्र मुटु रोगीका लागि पनि यो निकै उपयोगी छ । बोक्राको धूलो पानीमा मिसायर खानाले निकै फाईदा हुन्छ । अनुहारमा आउने डन्डिफोरमा पनि यसको लेप बनाएर लगाउनाले निकै फाईदा हुने देखिन्छ ।