-सहदेव चौधरी
नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह प्रक्षेपण गरिएको छ।
‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो।
‘नेपालीस्याट-१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ।
जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन। नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन। क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो।
नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।यो ‘नेपालीस्याट-१’ दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।
भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।
भू-उपग्रहको फाइदा के के?
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ।
यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग भनिने प्रविधिको फाइदा लिन सक्छ। उक्त रिमोटको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। यति मात्र नभएर ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयोगी हुनेछन् भने
‘नेपालीस्याट-१’को आयू कति ?
यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।
लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालको भनाइ छ।
उनी भन्छन् ‘नेपालले अहिल्यै त स्टेशन बनाउन सकिदैन। तर नेपाली युवाहरुको दक्षताले नानो प्रविधिको विकास भने अवश्य गर्न सकिन्छ। हामी त्यसबारेमा छलफलको तयारीमा छौ।सरकारले नेपाली युवाहरुलाई स्वदेश फर्किने वातावरण बनाइदिनु पर्यो।’
यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पूर्वाधार ‘ग्राउण्ड स्टेशन’ राख्नुपर्ने हुन्छ, जसको लागि नास्टले उपकरण खरिद गर्न टेन्डर आह्वान गरिसकेको छ।
उनी भन्छन्, ‘जापानबाट तीन ग्राउण्ड ह्याणडलिङको तालिम लिएर हाम्रो मान्छे आइसकेको छ। अब मात्र संरचना र लगानी चाहिएको छ। हामी चाडै त्यो पूर्वाधार नास्टकै कार्यालय परिसरभित्र बनाउँदैछौ।’