फेल भयो दुई हजार डलर मुल्यको सामसुङ् ग्यालेक्सी फोल्डिंग मोबाईल , प्रयोग गरेको दिनमै फुटे स्क्रिन

– एजेन्सी।

सामसुङ् कम्पनीको ग्यालेक्सी फोल्डिंग मोबाईल बजारमा फेल भएको छ। २ हजार डलर मुल्यको फोल्डिंग फोनको स्क्रिन पहिलो दिनमै फुटेर काम गर्न छोडेपछि छोडेपछि प्रयोगकर्ताहरु चिन्तित भएका छन्।

प्रयोगकर्ताहरुले सामसुङ् कम्पनीको ग्यालेक्सी फोल्डिंग मोबाईलमा धेरै नै कमजोरी र त्रुटीहरु बताएका छन्। सामसुङ् कम्पनीको ग्यालेक्सी फोल्डिंग मोबाईलअमेरिकामा अप्रिलको २६ तारिखबाट बिक्रीवितरण गरिने सामसुङ् कम्पनीले जनाएको छ। मोबाईलमा भएको यो गडबडीले सामसुङ्को ग्यालेक्सी फोल्डिंग मोबाईल बिश्व बजारमा फेल हुने संकेत दिएको छ।

कम्पनीले सामसुङ्को ग्यालेक्सी फोल्डिंग मोबाईलको स्क्रिन निकै नै संबेदनशील भएको र प्रयोगकर्ताहरुले स्क्रिनमा भएको निकाल्न नहुने सुरक्षात्मक तह निकालेपछि स्क्रिन चर्किएको मोबाइलमा समस्या आएको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार