प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरेलाई रिहा गर्न माग

बुटवल ।

प्रदेश ५ सांसदले शनिबार बुटवलको जितगढीमा आयोजित जितगढी विजय उत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने युवकको मुद्दा फिर्ता लिन माग गरेका छन् । उनीहरुले पक्राउ परेका रुद्रप्रसाद घिमिरेलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु डिल्लीबहादुर चौधरी र निर्मला क्षेत्रीले लोकतन्त्रमा बोल्न पाउने र विरोध गर्न पाउने अधिकार रहेको भन्दै कालो झण्डा देखाएको अभियोगमा पक्राउ परेका घिमिरेलाई तत्काल रिहा गर्न माग गरे । उनीहरुले घिमिरेबिरुद्ध दर्ता भएको मुद्दासमेत फिर्ता लिएर लोकतान्त्रिक अधिकारको रक्षा गर्न माग गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार