रिनाको हत्या आरोपमा प्रेमी कमल नेपाल पक्राउ

पथरी ।

मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएर सो घटनामा निष्पक्ष छानबिनको माग गरेका छन । घटनापछि रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या भएको र उनको हत्यामा संलग्न ब्यत्तिलाई पक्राउ नगरेको भन्दै स्थानीयले सोमबार दिनभर सडकमा निस्किएर प्रर्दशन गरेका थिए ।

चक्काजाम सहितको प्रर्दशन पछि संघर्ष समिति ने गठन गरेर मंगलबार बिहानबाट थप आन्दोलन गर्ने तयारी भईरहँदा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिईसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घटनामा नाम मुछिएका ब्यत्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन । पथरीमा कस्मेटिक ब्यबसाय गर्दै आएकी रिना शनिबार बिहान पथरी १ मा रहेको आफनै डेरा अघि सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिईन । उनको परिवारले रिनाको हत्या भएको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार