भारतीय लोकसभा चुनाव: तेस्रो चरणकाे मतदान सुरु

नयाँदिल्ली ।

भारतीय लोकसभा चुनावको तेस्रो चरणमा मंगलबार १३ राज्य र केन्द्रबाट शासित २ प्रदेशमा मतदान सुरु भएको छ ।

१ सय १७ लोकसभा सिटका लागि हुने आजको निर्वाचनमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटकको ७४ सिटलाई भने महत्वपूर्ण मानिएको छ । १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय १४ उम्मेदवार राष्ट्रिय दलबाट, ७६ जना क्षेत्रीय दलबाट, ४ सय ९२ जना गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

तेश्रोे चरणको निर्वाचनको मुख्य पक्ष भनेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र प्रमुख विपक्षी कांग्रेस आइका अध्यक्ष राहुल गान्धी लडेको स्थानमा मतदान भइरहेको छ ।

भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडिरहेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलाको वायनाडबाट चुनाव लडिरहेका छन् । यता, भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले पनि आजै आफ्नो मताधिकार सुरक्षित गरिसकेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहमदावादस्थित मतदान केन्द्रमा मोदी आफ्नी नातिनीका साथमा देखिएका थिए । यसात चरणमा भइरहेको मतदान पछि मे २३ का दिन मात्रै नतिजा सार्वजनिक हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार