डडेल्धुरा ।
गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।
भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन।
मृतकहरुको सनाखत हुन सकेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।