दाँत बिगार्ने गल्तीहरु आराम मिल्नेबित्तिकै बिर्सने बानी देखि जंकफुड सेवन

काठमाडौँ ।

मानव जीवन स्वस्थ राख्नको लागि विभिन्न कुराहरुमा ध्यान दिन जरुरी छ । खानपान, सरसफाइ जस्ता विषयमा राम्रो जानकारी भएमा रोगबाट टाढा रहन सकिन्छ ।

हाम्रो शरिरका प्रत्यक अंगहरुको आ – आफ्नै उतीकै महत्वपूर्ण भूमिका छ । जसले शरिरलाई सन्तुलन राख्न मदत पुग्छ । जव कुनै एक अंगले काम रोक्छ त्यसपछि मानव रोगको सिकार बन्न पुग्छ । हाम्रो कान, नाक, हात,खुट्टा, नङ, दाँत र आँखा लगाएतका भित्रि र बाहिरि भागहरु छन् । यस्तै दाँतले शरिरका विभिन्न भागहरु जस्तै एक मुख्य भूमिका निर्वाह गर्छ ।

दाँतले खानेकुराहरुलाई टुक्रा पारेर शरिरका विभिन्न भागमा पुर्याउने गर्छ । त्यतीमात्र होइन यसले अनुहारको बनावट समेत दिन्छ । यदि दाँत झर्यो भने अनुहारको बाहिरि रुप पनि राम्रो देखिदैन । त्यसैले यसको अनगिन्ती कुराहरु छन् । जसले हामीलाई फाइदो नै फाइदा दिन्छ । यसलाई सफा र स्वस्थ राखेमा हामी स्वस्थ रहन सक्छौँ । यसलाई तन्दुरुस्त राख्नका लागि ध्यान पुर्याउन अति आवश्यक छ ।

दाँतलाई विगार्ने धेरै गल्तिहरु छन् जस मध्य केही यस्ता छन् ।

नियमित परीक्षण नगर्नु

दाँतलाई स्वस्थ राख्न अती आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुँदासम्म पनि चेक नगरेर बसेमा अस्वस्थ हुन्छ । वर्षमा एकपटक डेन्टिस्टसंग जाँच्नु पर्छ ।

आराम मिल्नेबित्तिकै बिर्सने बानी

दाँतमा आएको समस्या भुल्ने बानीले पछि ठूलो समस्या पैदा गर्छ । कुनै पनि समस्याबाट मुक्त भएपछि बिर्सने बानी खतरनाक हो । आफूलाई आराम मिलेपनि डाक्टरले बोलाएमा जाने बानी गर्नुपर्छ ।

डाक्टरको सल्लाह विना औषधि सेवन

डाक्टरको सरसल्लहा विना औषधि सेवन गर्दा समस्या हल नभइ झन सिर्जन हुन सक्छ । त्यसैल आफै भन्दा पनि डेन्टिस कहाँ गएर उपचार गर्दा पिडाबाट रहात मिल्नुको साथै स्वस्थ रहन सहयोग मिल्छ ।

समस्यालाई लुकाउनु

दाँतको उपचार गर्न डेन्टिस कहाँ जाँदा आफूलाई भएको सबै समस्याबारे खुलस्त पार्नु पर्छ । पहिले कस्तो रोगमा कस्तो उपचार भएको भन्नेबारे सबै विवरण नभने दाँतको समस्या हल गर्न कठिनाइ हुन्छ ।

हतारहतार दाँत माझ्नु

दाँत मोल्दा हतार गरेमा समस्या आउछ । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ र अस्वस्थ बन्दै जान्छ । दाँतको हरेक कुनामा ब्रस पुर्याउनुपर्छ भने कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ।

जंक फुडको सेवन

जंकफुडले दाँतलाई विगार्छ । सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ , क्यान्डी, चिप्स, क्रिम, बिस्कुट जस्ता खानेकुराले दाँतमा सडन पैदा हुन्छ। यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पुर्‍याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ।

सुर्तीजन्य पदार्थको सेवनदाँत बिगार्ने गल्तीहरु हतारहतार दाँत मोल्नु देखि जंकफुड सेवन

सुर्तीजन्य पदार्थले गिजामा समस्या पैदा गर्छ । चुरोट, बिडी लगाएतका सुर्ती जन्य पर्दाथले दाँत पहेलो, कालो भएर बिग्रन्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार