काठमाडाैँ ।
पशुपति बहुमुखी क्याम्पसमा कक्षा १२ को प्रवेशपत्र वितरणममा लापरवाही गरेको भन्दै सहायक क्याम्पस प्रमुखको कुर्सी तथा टेबलमा आगजनी गरेको छ । क्याम्पस सहायक प्रमुखको कुर्सी र टेवलमाथी आगजनी गर्नुको साथै क्याम्पस प्रशासन, पशुपति बहुमुखी क्याम्पसमा क्याम्पस तोडफोड समेत गरेको हो।
नेविसंघका विद्यार्थी नेता तथा कार्यकर्ताले आगजनि तथा तोडफोड गरेका हुन । क्याम्पस प्रशासनले प्रवेश–पत्र वितरणमा लापरवाहि गरेको र विद्यार्थीहरुको प्रवेश–पत्र हराएको कारण विद्यार्थीले परीक्षाबाट बन्चित हुनुपर्ने अवस्था आएको भन्दै क्याम्पस सहायक प्रमुखको कुर्सी टेवल जलाउनुको साथै प्रशासनमा तोडफोड गरेका हुन् ।
क्याम्पस सहायक प्रमुखको कुर्सी तथा टेबल क्याम्पसको प्राङगाणमा लगेर जलाईको थियो।क्याम्पसले गैरजिम्मेवार ढंगले काम गरेको हुनाले विदार्थीको प्रवेश–पत्र हराएको र विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको भन्दै क्याम्पस प्रशासनको विरुद्धमा यो कदम चाल्न बाध्य भएको नेविसंघले बताएको छ ।