काठमाडौं ।
कलाकारीतापछि सामाजिक अभियन्ताका रुपमा चर्चामा रहेका कलाकार दम्पती धुर्मुस सुन्तलीको फाउन्डेसनलाई गायक बद्रि पंगेनीले गीत उपहार दिएका छन् ।
भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउन सबै तिरबाट सहयोग प्राप्त भइरहँदा गायक बद्रि पंगेनी र पुर्णकला बिसीले ‘रङ्गशाला बन्छ नेपालीको’गीत सार्वजनिक गरेका छन्।
हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउन सबै लागी परौँ भन्ने भाव बोकेको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका हुन् । गीत सार्बजनिक भएपछि फाउन्डेसनले रंगशाला निर्माणलाई सहयोग पुग्ने गरी गाइएको गीत उपहारको रुपमा स्विकारेको छ ।
बिहिबार धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई नयाँ बन्न लागेको क्रिकेट रङ्गशालाका लागि थप हौसला र सहयोग प्राप्त हुने आशा गरिएको छ ।