खुल्ला मञ्चमा चल्यो डोजर,भाडामा लगाउने मनोज भेटवाल LIVE। जिउँदै जलाइएकी कञ्चनको निधन(भिडियो सहित)

खुल्लामञ्चमा कमाउ धन्दा चलाएका भेटवालको टहरामा महानगरको डोजर
काठमाडौं ।

खुल्लामञ्चलाई निजी जग्गा जस्तै गराएर कमाउ धन्दा चलाएका मनोज भेटवालले बनाएका टहरामा काठमाडौ महानगरपालिकाले शनिबार डोजर चलाएको छ । जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए । भेटवालले महानगरपालिकासँग भएको सम्झौतामा किर्ते गरी टहरा बनाएको समेत पाइएको छ । महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ, भने अर्कोेमा त्यसरी संरचना बनाउन नपाइने भनिएको छ ।

दाइजोको निहुँमा एक महिनामा ३ महिलाको जलाएर क्रूर हत्या !
सिराहा । आफ्नै पति र सासुले ज्युँदै जलाएकी सिराहाकी २१ बर्षीया कञ्चनदेवी मण्डल खत्वेको शुक्रबार मृत्यु भएको छ । कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले बिहीबार जलाएको आरोप लागेको छ । जलिरहेको अवस्थामा कञ्चनका स्थानीयले उद्धार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर पु–याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबारै धरान पु¥याएपनि उपचार धरानमा उपचार सम्भवन नभएपछि काठमाडौं सुष्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको थियो ।

सुनसान वडा कार्यालय– न जनप्रतिनिधि आउँछन् न कर्मचारी नै !
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका अधिकाशं वडा कार्यालयहरुमा जनप्रतिनिधि तथा कर्मचारी नबस्दा सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाको वडा १, २, ३ र ४ कार्यालयमा वडा अध्यक्ष, वडा सचिव लगायत कोही पनि कर्मचारी नबसेको भन्दै स्थानीयले भिडियो पठाएका छन् । यो फतुवा विजयपुर नगरपालिका १ को कार्यालय । शुक्रबार दिउँसो १२ बजे स्थानीय सिफारिस लिन यो कार्यालय पुग्दा वडा कार्यालय बन्द थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार