नरिवल पानी : उच्च रक्तचापदेखि छालाका विभिन्न राेगहरु हटाउनुस्

एजेन्सी ।

नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ। आयुर्वेदले नरिवललाई बलबर्द्धक, पित्तनाशक औषधी भनी उल्लेख गरेको छ ।

नरिवलको पानीको गुणको बेग्लै बखान छ। सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई ‘मिनरल वाटर’ पनि भन्ने गरिन्छ । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ ।

गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।

उच्च रक्तचाप – गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्तो समस्या नरिवल पानी पिउदा ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।

माइग्रेन – गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।

तौल घटाउन – माेटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।

पानीको कमी – गर्मीमा शरीरमा पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ ।

स्टामिना – गर्मीमा प्रायः दिमाग थकित हुने हुँदा शक्ति घट्छ । दिनदिनै नरिवल पानी पिएमा स्टामिना बढ्छ ।

छालाको समस्या – गर्मीमा विभिन्न छालासम्बन्धी समस्याहरु देखिन्छन् जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । नरिवल पानी पिउँदा शरीरमा भएका विषाक्तहरू हट्छन् र छालासम्बन्धी समस्या हराउन सहयाेग गर्दछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार