पाकिस्तानको लाहोरस्थित सुफी धार्मिकस्थल नजिकै बिस्फोट

एजेन्सी ।

पाकिस्तानको लाहोरमा बिस्फोट भएको छ । पञ्जाब राज्यको लाहोर स्थित प्रमुख सुफी धार्मिकस्थल बाहिर बिस्फा भएको हो ।

बिस्फाेटमा परी कम्तिमा पाँचजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ भने धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ।

जियो न्यूजले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको जनाएको छ।

प्रारम्भिक विवरणहरूका अनुसार दाता दरबार सुफी दरगाहनजिकै विस्फोटन भएको थियो। दक्षिण एसियाकै ठूलो मध्ये एक सुफी धार्मिकस्थल दाता दरबार नजिकै बिस्फोट भएको हो ।

विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षकर्मीहरू पुगेका छन्। अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन।

शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।

सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार