विकलाई नेकपामा भित्र्याउँदै दाहालले भने– केहि दिनभित्रै बाँकी एकता टुंगिन्छ

काठमाडौं–


डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य सिमा विक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छिन्। बुधबार नेकपा मुख्यालय धुम्बाराहिमा एक कार्यक्रमबीच विक नेकपामा प्रवेश गरेकी हुन्। नयाँ शक्तिले केहि दिनअघि संघीय समाजवादी फोरमसँग एकता गरेपछि विक असन्तुष्ट रहेकी थिइन्।

नेकपाको राम्रो एजेन्डा देखेर आएको विकले बताइन्। बिकका अनुसार पहिलादेखि नै नेकपामा आउन उत्सुख गरेको बताएकी छिन्। उनले केहि समयपछि आफ्ना कार्यकर्ताहरु पनि प्रवेश गर्ने दाबी गरेकी छिन्।

विकलाई नेकपामा भित्र्याउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने ‘तल्लो कमिटीको एकता प्रक्रिया ढिलो हुँदा के हो, के हो भन्ने भयो। तर केहि दिनअघि मात्रै जिल्ला कमिटीको नेतृत्व टुंगियो अब केहि दिनभित्रमा अरु पनि टुंगिन्छ।’ पोलिटब्युरो गठन, कार्यविभाजन र जनवर्गीय संगठनको एकताको अन्तिम बिन्दुमा पुगेको दाहालले बताए। दाहाले कार्यक्रममा भने ‘अब केहि दिनभित्रै तपाइँहरुले लेख्न, छाप्न र प्रचार गर्न पाउनुहुन्छ।’

त्यस्तै सरकारको नीति कार्यक्रम हिजो मात्रै पारित भएको बताउँदै उनले बजेटको तयारी भइरहेको बताए। यो पटक जनताले चाहे जस्तै बजेटको तयारी भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार