शेयरधनीले २१ प्रतिशत बोनस शेयर पाउने ब्यबस्था लागु गर्यो कुमारी बैंकले !

काठमाडौं

कुमारी बैंकले आफ्ना शेयरधनीलाई २१.२५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने भएको छ।

बैंकले आ.व.२०७३,०७४ को लागि १२.७५ प्रतिशत र आ.व. २०७४,०७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ प्रतिशत बितरण गर्ने भएको हो।

यो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । बैंकको १७ औँ तथा १८ औँ वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो।

साधारण सभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३,०७४ र आ.व २०७४,०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको बैंकले जानकारी दिएको छ।
आर्थिक वर्ष २०७५,७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड रुपैयाँ प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा १ अर्ब खुद मुनाफा आर्जन गरेको छ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाई छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार