नवनायिका सुहाना थापाको जन्मदिनमा अनमोलले झन्डै किस खाएनन रोईन झरना थापा : नवनायिका सुहाना थापा अर्थात झरना थापा कि छोरी को बैसाख २५ गते परेको जन्मदिन को अवसर मा अभिनेत्री झरना थापा अनमोल के सी भुवन केसी दिपा क्ष्रि निरौला लगाएत अन्य थुप्रै कलाकार हरुको उपस्थिति रहेको थियो ! ए मेरो हजुर ३ डेब्यु कि नायिका सुहाना थापा बैसाख २५ गते देखि २१ वर्ष पुरा भै २२ वर्ष मा लागेकी छिन ! सुहाना थापा अभिनेत्री तथा निर्देशक झरना थापा र सुनिल कुमार थापा कि एक्ली छोरी हुन् !
नव नायिका सुहाना थापाको नाम अहिलेको समयमा चलचित्र क्षेत्रमा निकै चर्चामा रहेको छ । नहोस् पनि कसरी उनले पहिलो चलचित्र बाट बाट सबै दर्शकहरूको माया सँगै मन जित्न सफल भएकी छन् । चलचित्र ए मेरो हजुर ३ बाट सिने क्षेत्रमा डेब्यु गरेकी नव नायिका सुहानाको पहिलो चलचित्रले नै २०७५ सालको अनत्य अनि नयाँ वर्ष २०७६ सालको सुरुवात लाई आस लाग्दो बनाएको छ । सुहाना लाई सिने क्षेत्र प्रति धेरै नै प्रेम छ । अभिनेत्री तथा निर्देशिका झरना थापालाई दर्शकले दिएको माया र साथ जस्तै नव नायिका सुहानाले पनि यस्तै माया र साथको अपेक्षा राखेकी छिन् ।
अमेरिकामा मनोविज्ञान बिषयमा स्नातक गर्दै गरेकी सुहानालाई प्रकृतिसंग निकै लगाब छ। मनोरम प्राकृतिक दृश्य , पहाडहरुले लोभिने उनि, साहसिक खेलहरुमा पनि रुचि राख्छिन। उनि कोमल छिन् अनि उत्तिकै दृढ पनि। कृष्ण भक्तिमा मग्न उनलाई कसैले कृष्ण भगवानलाई साक्षि राखेर प्रेमको वाचा गर्यो भने सजिलै बिश्वाश गर्छिन् रे। अहिले दर्शक बीच अनमोल र सुहानाको जोडीले तहल्का मचाएको छ। यो जोडीलाई राधा -कृष्णको जोडी भन्न दर्शक पछि पर्दैनन्। चलचित्र प्रदर्शन अगाडी अनमोल केसी संगको डेब्युका कारण चर्चामा आएकी सुहानाले चलचित्र प्रदर्शन पश्चात आफ्नो अभिनय कौशलले चलचित्रलाई आफ्नो बनाएकी छिन्।
अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी नायिका सुहाना थापाका लागि यो बर्षको जन्मदिन विशेष छ ।सुहानाले अमेरिकामा रहँदा मनाएको जन्मदिनको याद गर्दै भनिन्–‘अमेरिकामा रहँदा ३ बर्ष अगाडि मैले एउटा रेष्टुरेन्टमा पुगेर एक्लै केक काटेकी थिएँ । त्यसपछि साथीहरुसँग मनाएँ । पहिले पनि होस्टेलमा बढी बसेकाले केक भन्दा पनि चकलेट बाड्ने काम गर्थेँ ।’सुहानाको जन्मदिनको अवसर पारेर सुहाना इन्टरटेन्मेन्टले नयाँ चलचित्र घोषणा गर्ने योजना पनि बनाएको छ । तर, नायिका थापा भने आफूलाई पनि यो सरप्राइज नै हुने बताउँछिन् । सुहानाले चलचित्रको बिषयमा तत्काल कुनै योजना नभएपनि विचमा कुनै प्रोजेक्ट सुरु भएको खण्डमा नेपाल आउने बताइन् । उनी अध्ययन पुरा गर्नका लागि अमेरिका फर्किदैछिन् । आजबाट २१ बर्षमा प्रवेश गरेकी नायिका थापालाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना । हेर्नुहोस भिडियो !