नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक सोमबारदेखि संसदीय शैलीको बहस रियलिटी-शो हुने

काठमाडौं ।

अभियान् मल्टिमिडिया प्रा.लि.ले डि.एन.एन. र हिसानको सहकार्यमा नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक संचालन गर्न लागेको संसदीय शैलीको वादविवाद प्रतियोगिता रियलिटी-शो ‘डिबेट स्टार’ अब टेलिभिजनमा लिएर आउँदै छ।

दुई चरणको अडिसन काठमाडौंमा सम्पन्न भइसकेपश्चात स्टुडियो सुटको प्रि–क्वालिफाइङ र क्वालिफाइङ राउण्ड समेत सम्पन्न भएको छ । यस रियलिटी शोको ब्रोडकास्ट न्यूज २४ टेलिभिजनबाट आगामी सोमबारदेखि हरेक सोमबार बेलुका ९ः३० बजे हुनेछ ।

“अब पालो युवाको” भन्ने नाराका साथ समाज परिवर्तन र राष्ट्र निर्माणका लागि युवा नेतृत्व जन्माउने यस अभियानको मुख्य अभिप्राय हो । यस संसदीय शैलीको वादविवाद प्रतियोगितात्मक रियालिटी–शो ‘डिबेट स्टार’मा युवाहरुको वैचारिक भिडन्त हुनेछ। समग्र समाजका समकालीन मुद्धाहरुमाथि युवाहरुको नयाँ सोच, बौद्धिकता र दृष्टिकोणलाई प्रस्फुटन गर्दै भोलिको लागि युवा नेतृत्व जन्माउने साझा मञ्चको रुपमा ‘डिबेट स्टार’ टेलिभिजन कार्यक्रमको जन्म हुन् लागेको हो ।

अङ्ग्रेजी तथा नेपाली तर्फ बिजेता र उपबिजेता तथा उत्कृष्ट ८ समूहहरुको ‘टप–८’ क्याटगोरी रहने छ । विजेतालाई ‘नेपालको पहिलो डिबेट स्टार’ उपाधि प्राप्त हुनेछ । नगद रु ३,००,००० (तीन लाख) हाराहारीको धनराशीको पुरस्कार तथा अन्य देश–विदेश सम्मका थुप्रै आकर्षक अवसरहरुको ब्यवस्था रहेको छ।

यस रियालिटी–शो को जज प्यानलमा क्रमश विश्लेषक डा.सुरेन्द्र केसी, शिक्षाविद प्रा. रमेश सिलवाल तथा अभिनेत्री सन्चिता लुइटेल रहनेछन् । कार्यक्रमको होस्ट भने पूर्व मिस नेपाल वल्ड सुबिन लिम्बुले गदैछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार