निर्मलालाई देवर भाउजूको प्रेमले जिउँदै जलायो,जलाएर हत्या गर्ने मुकेश यादव सार्वजनिक

काठमाडौं।

गत वैशाख ५ गते आफ्नो पत्नीलाई जिउमा मट्टी तेल खन्याएर जलाएका मुकेश यादवलाई प्रहरीले सार्बजनिक गरेको छ । मुकेश यादव र घटनाको मुख्य मतियार (भाउजु) श्यामा देवी यादवलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

गत वैशाख ५ गते आफ्नो पत्नीलाई जिउमा मट्टी तेल खन्याएर जलाएका मुकेश घटनापछि फरार थिए । मुकेशलाई सुदूर पश्चिम प्रदेशको कंचनपुरस्थित गड्डा चौकीमा लुकेर बसेको अवस्थामा बुधवार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मुकेशले बयान दिने क्रममा आफ्नो भाउजुसंग अनैतिक सम्बन्ध रहेको खुलाएका हुन् । पतिको अनैतिक क्रियाकलाप आफ्नै आँखाले देखेपछि मृतक निर्मला, मुकेश र भाउजु श्यामा।देवीबीच बारम्बार झै झगडा हुँदै आएको थियो ।

घटनाको दिन बैशाख ५ गते पनि सोही विषयमा पुनः झगडा भएपछि पति मुकेशले पत्नीलाई कूट पिट गर्दै कपडामा आगो लगाईदिने योजना बनाएका थिए । भाउजु श्यामा देवीले देवर मुकेशलाई निर्मलालाई मार्ने र त्यपछि विाह गेरेर बस्ने सल्लाह दिएकी थिइन् । भाउजुको सल्लाह अनुसार नै मुकेशले पत्नी निर्मलालाई पेट्रोल छर्केर आगो लगाई फरार भएका थिए ।

पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गराई अनुशन्धान अगाडि बढाईएको छ ।

सोधपूछको क्रममा मुकेशले तीन सन्तानकी आमा रहेकी भाउजु २५ वर्षिया श्यामा देवीसँग विवाह अघि देखिनै अनैतिक सम्वन्ध रहेको र विवाह पश्चात समेत सो सम्बन्ध कायमै रहेको स्विकार गरेको प्रहरी उपरीक्षक खनालले बताएका छन् ।

विगत १३ महीना देखी दुबै बीच सम्बन्ध रहेको प्रहरीलाई बयानको क्रममा मुकेश स्वयंले बताएका छन् ।गत वैशाख ५ गते पतिले मट्टी तेल जिउमा खन्याएर जलाएकी निर्मलाको उपचारको क्रममा काठमाडौंको वर्ण हस्पिटलमा बैशाख १६ गते मृत्यु भएको थियो ।

मृतक निर्मलाको १० महिना अघि मात्र २०७५ असार १८ गतेको दिन मुकेश यादवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार