काडमाडौँ ।
फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज भएको छ । अभिनेता गौरव पहाडी, भोला राज सापकोटा र अभय बराल लगायतको अभिनयमा बनेको यो फिल्मलाई दिपक वलीले निर्देशन गरेका हुन् ।
कथा, पटकथा महेश दवाडीले तयार पारेका यो फिल्मको निर्माण चित्र बहादुर घर्ती मगर, क्षितिज बस्नेत र दचुप्निधी रिजालले गरेका छन् । फिल्मको छायांकन हरि घले लामाले गरेका हुन्, भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। यो फिल्मको प्रर्दशनी मिति जेठ १७ तोकिएको छ।
फिल्मको ट्रेलरमा विद्यालयका शिक्षिकालाई हेडमास्टर, शिक्षक र पिउनले मन पराएका विषयबस्तुलाई देखाइएको छ ।