ऋषि धमलाकाे लाईभ कार्यक्रममै काँग्रेस र कम्युनिष्ट नेताको हात हातहालको स्थिति भएपछि भिडियो भयो भाईरल ( हेर्नुहोस् भिडियो)

तपाइले नेताहरुले एक अर्कालाई विभिन्न आक्षेप लगाएर भाशण नाराबाजी गरेको त देख्नु भएकै होला । तर एउटा राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै घम्साघम्सी भएको छ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गालीगलौज पनि भएको थियो ।

उठेर हातहालको स्थितिमा पुग्नै लाग्दा ऋषि धमलाले परिस्थितिलाई सामान्य पार्न कोसिस गरेका थिए । उक्त कार्यक्रमको भिडियो अहिले सामाजिक सँजालमा भाईरल बनेको छ। नेताको कार्यशैलिलाई लिएर अाजीत बनेका जनता यो कार्यक्रममा नेताको शेलि देखेर छक्क परेका छन् । भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार