कर्मचारी सरुवा मालपोतमा भिड

विराटनगर ।

विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट एकै पटक धेरै जना कर्मचारीहरु सरुवा भएर गएपछि सेवाग्राहीहरुले घण्टौ सम्म पनि जग्गा नामसारी, लिखत प्रमाणित लगायतको सेवा नपाएको गुनासो गरेका छन् ।

बिहान १० बजे नै जग्गा नामसारी गराउन आएकी एक महिला बेलुका सम्म बस्दा पनि काम नभएको तर आफु पछि आएका सेवाग्राहीले बिचौलिया मार्फत पैसा ख्वाएर काम गराएको गुनासो पोखिन् । उनी मात्र होइन अन्य सेवाग्राहीले पनि ढिलो काम हुने गरेको र कर्मचारी अभाव भएकोले काममा ढिलाई भएको जवाफ पाउने गरेको बताएका छन् ।

सरकारले कर्मचारी समायोजन गर्ने क्रममा मालपोत कार्यालयका ९ वटा नायब सुब्बाहरु एकै पटक सरुवा भएर गएका छन् । कर्मचारी अभावमा एक जना सुब्बाले घुमिघुमि काम गर्नुपरेको दुखेसो पोखेका छन् ।

सो कार्यालयबाट अहिले पनि दैनिक १ सय ५० वटा लिखतहरु पास हुने गरेको र मालपोत कार्यालय विराटनगरले कर्मचारी नआए सम्म सेवाप्रवाहमा समस्या आउने भन्दै सूचना निकालेको भन्दै कर्मचारीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार