काठमाडौंवासीलाई सतर्क रहन आव्हान, हावाहुरी आउनसक्ने चेतावनी

काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा आकस्मिक परिवर्तन आईरहेकाले काठमाडौं उपत्यका र वरपरका बासिन्दालाई सतर्क रहन सूचित गरेको छ ।

महाशाखाले भनेको छ– ‘अहिले काठमाडौं सहितका केहि स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षा हुँदै छ । सतर्क रहनुहोला ।’

शुक्रबार महाशाखाले पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको थियो।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताएका थिए ।

आइतबार देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको थियो ।
सोमबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार