काठमाडौं ।
महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?
खानाः
– आफै पकाएर खाने
– घरमा तयार गरेको खाना तथा खाजा खाने
– बाहिर गएको समयमा खानाको बन्दोबस्त पहिले नै गर्ने
– पेय पदार्थ रेष्टुरेन्टमा नखाने किनकी रेष्टुरेन्टहरुले बढी मुनाफा पेय पदार्थहरुबाट कमाउने गर्छन्
– रेष्टुरेन्टको खानेकुराहरुको सुची हेरेर मात्रै अर्डर गर्ने, आफु प्रश्ट नभएम सोध्न नहिचकिचाउने
– चिया तथा कफी आफै बनाउने
लुगाफाटो तथा सामाग्रीहरुः
– अनलाइन वा पसलमा पर्ने मूल्य तुलना गर्ने
– तपाई सधैं लन्ड्रीमा कपडा धुनुहुन्छ भने धुन नपर्ने कपडाहरु खरिद गर्नुहोस्
– सिजनेवल अफर, फेस्टिवल अफर, एउटा किन्दा अर्को सित्तैमा जस्ता अफरहरुमा ध्यान दिने
आफैले गर्न सक्ने कामहरु:
– दाह्री आफै काट्ने
– कपाल आफै रंगाउने
– होम सर्भिस सेवा लिनुको सट्टा आफैले सामनहरु लिन जाने
मनोरञ्जनः
– युट्युबको प्रयोग
– सिनेमा हेर्न जाने सोचमा हुनुहुन्छ भने छुटमा हेर्नुहोस्
– लाइब्रेरीमा जाने
– टेलिभिजन हेर्ने
भ्रमणः
– प्याकेज टुर
– अफ सिजनमा भ्रमण गर्ने
– अनलाईनको भरपुर प्रयोग गरि खाने बस्ने तथा घुम्ने ठाउँको जानकारी लिने ।