इंग्लिस प्रिमियर लिगः ब्राइटनलाई ४-१ ले पराजित गर्दै म्यान्चेष्टरले जित्यो उपाधि

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगको उपाधि ब्राइटन एण्ड होभ अल्वियोनलाई पराजित गर्दै म्यान्चेष्टर सिटीले जितेको छ । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो ।

यो सिजनको अन्तिम खेलमा ग्लेन मुर्रेले २७ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए तर, त्यसको एक मिनेट बित्न लाग्दा सर्जियो एग्युरोले गोल गर्दै खेल बराबरीमा पु-याएका थिए । साथै खेलको ३८ औं मिनेटमा एमेरिक लापोर्तेले गोल गर्दै म्यान्चेष्टर सिटीलाई २–१ ले अग्रता दिलाउन सफल बने ।

खेलको पहिलो हाफमा म्यान्चेष्टर सिटीले २–१ को अग्रता कायम राखेको थियो । त्यस्तै खेलको ६३ औं मिनेटमा रियाद मेहरेज अर्को गोल थपे, भने ७२ औँ मिनेटमा इल्के गुन्डोगानले थप गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार