गायिका विष्णु माझीको अर्को मन नै रुवाउने गीत “मेरो बाबु”… (भिडियो सहित)

काठमाडौँ ।

लोक गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत बजारमा आएको छ । नेपाली लोक साङ्केतिक क्षेत्रमा निकै नै चर्चाको शिखर चुम्न सफल भएकी गायिका विष्णु माझी लाखौँ नेपाली दर्शक श्रोताहरूको मन जित्न सफल भएकी छन् । उनको जन्म नेपालको स्याङजा जिल्लमा भएको हो । पछिल्लो समयमा उनका गीत बजारमा ओइरो लागेकोछन् । एक पछि अर्को गीतमा आवाज दिएकी माझीका गीत उत्तिकै दर्शक श्रोताले मन पराइरहेका छन् । पछिल्लो समयमा उनको स्वरमा रहेका धेरै गीतहरू युट्युब टेनिङ मा समेत पर्न सफल भए ।

उनी नेपालमै धेरै पाश्रीरामिक लिएर गीत गाउने गर्दछिन् । र उनी अहिले सम्म दर्जनौ लोक गीत गाइसकेकी छिन् । उनको गीत धेरै भन्दा धरै बजारमा हित भएका छन् । विष्णु माझी फेरी सामाजिक संजालमा ‘मेरो बाबु’ भन्ने गीत एकदम मन छुने, भावुक बनाउने गीत लिएर आएकी छिन् । गायिका विष्णुले ‘मेरो बाबु’ बोल रहेको निकै मार्मिक र हृदयस्पर्शी गीत ल्याएकी हुन् ।

उनलाई स्वरमा साथ दिएका छन, राम शिशिर सुनार । गायक राम शिशिरकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडियोलाई भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् । जसमा सगुन शाही, राम शिशिर सुनार, वसन्त शिशिरको मार्मिक र दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार