एजेन्सी । बलिउड फिल्म ‘कविर सिंह’ को ट्रेलर आएको छ । फिल्ममा साहिद कपुर र कियारा अद्वानी मुख्य भुमिकामा छन् ।
फिल्मलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेक हुन् । फिल्ममा सर्जन कविरको भूमिकामा साहिदले अभिनय गरेका छन्। कुनै व्यक्तिका प्रेमिकाको विवाह अरुसँग हुँदाको पिडालाई
फिल्मका ट्रेलरमा देखाइएको छ । यो फिल्म ‘तेलुगू’ फिल्म अर्जुन रेड्डी को ऑफिशियल रीमेकमा बनेकाे छ ।
फिल्मको प्रोडक्शन भने भूषण कुमारले गरेका हुन् । ट्रेलर रिलिज भएपछि सामाजिक संजालमा राम्रो प्रतिकृया पाएको जनाइएको छ । फिल्म जुन २१ देखि प्रदर्शनमा आउदैछ ।