काठमाडौँ।
arr
नेपाल प्रहरीका अनुसार चालू आर्थिक वर्षको पुस महिनासम्ममा कुल १७९ जना पीडितले प्रहरीमा मानव बेचबिखनसम्बन्धी उजुरी दर्ता गराएका छन्।
त्यसमा भारतलगायत मुलुकहरूबाट उद्धार गरिएका सबैको विवरण सामेल छैन।
कतिपयले उजुरी दर्ता नगराएकाले पनि उद्धार गरिएका सबैको विवरण त्यसमा नसमेटिएको हो। गत आर्थिक वर्षभरमा भने ५ सय ४६ वटा यस्ता उजुरी आएका थिए।
गएको एक वर्षमा दिल्ली महिला आयोगले दिल्लीबाट मात्र ९७ जना नेपाली महिलाको उद्धार गरेको जनाएको छ।
तर उनीहरूलाई दिल्ली पुर्याउनेमध्ये केही दलाल मात्र पक्राउ परेको आयोगले जनाएको छ।
नेपाल प्रहरीका अनुसार भने पीडितको उजुरीका आधारमा चालू आर्थिक वर्षको पुससम्ममा २ सय १७ जना दलालको पहिचान भएको छ। तर त्यसमध्ये १ सय १५ जनालाई मात्र पत्ता लगाउन प्रहरी सफल भयो।
पत्ता लागेकामध्ये केही पक्राउ परेका छन् भन् केहीविरुद्ध मुद्दा मात्र लगाइएको छ। कतिपय धरौटीमा छुटेका छन्।
गत वर्ष पनि ६२९ जना अभियुक्तमध्ये ३०९ जना मात्र पत्ता लगाउन प्रहरी सफल भएको थियो।