नक्कली मेनपावर खडा गरी युरोप लग्ने भन्दै लाखौं ठगी !

काठमाडौं ।

युरोप जाने सपनामा भेरी ओभरसिस नाम गरेको मेनपवारमा लाखाँै बुझाएको २ सय भन्दा धेरै युवाको लाखौं डुबेको छ ।

सिनामंगलमा रहेको भेरी ओभरसिज नामक मेनपावमा आँफूलाई निर्देशक बताउने बाबु राजा सिग्देलले गगन प्याकुरेल, चुणामणी सिग्देल, नवराज घिमिरे लगाएतका युवाबाट ५० हजारदेखि ६ लाख ५० हजारसम्म लिएर फरार भएका छन् ।

उनीहरुलाई अफगानस्थान, चेक रिपब्लिक, माल्टा, पोल्याण्ड तथा लिवियामा कामदार भिषामा पठाउने भन्दै सिग्देले पैसा लिएका थिए । तर विदेश पठाउनु त परको कुरा २ महिनादेखि बाबुराजा नै बेपत्ता छन् । कहिलेकाँही चेक रिपब्लिकको नम्बरबाट अनलाइन देखिने भएपनि फोन म्यासेजको जवाफ आउँदैन ।

पीडितहरुले बैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । तर भेरी ओभरसिस समेत बाबुराजाले कीर्ते गरी अफिस चलाएका रहेछन् । भेरी ओभरसिस अर्कैै व्यक्तिको नाममा दर्ता भएको र उनी जेलमा भएको बेला बाबुराजाले कीर्ते गरेर कार्यालय चलाएको पाइएको छ ।

विगत २ महिनादेखि विभाग र अपराध महाशाखा धाउँदा समेत उनीहरुको समस्या सुनुवाई भएको छैन । विभागले बाबुराजा सिग्देलको वास्तविक पहिचान नखुलेकाले पक्राउ पूर्जी जारी गर्न नसकेको बताउँदै आएको छ ।

उता पीडितहरु भने चर्काे विदेश जानका लागि भनि चर्का ब्याजमामा लिएको रकम कसरी तिर्ने भन्दै आपतमा परेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार