यमनमा हिँसात्माक घटनामा ८३ जनाको मृत्यु

एजेन्सी।

यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विशेष गरेर हुथी विद्रोही लडाकुहरू रहेका अधिकारीहरूले जानकारी दिएका छन् ।

हुथीहरूले विशेष गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरूको पहलमा शान्तिसम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् ।

हुथी विद्रोहीहरूले आफ्ना दुईवटा ‘अराम्को पम्पिङ स्टेसन’ मा पनि आक्रमण गरेको साउदी अरबले बताएको छ । साउदी अरब नेतृत्वको गठबन्धनको सहयोग र समर्थन पाएको यमनी सरकारले हुथी विद्रोहीविरुद्ध कारबाही चलाइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार