कपिलवस्तु ।
लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ शुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा शनिबार आयोजति बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसकार्यक्रममा भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।
लुम्बिनीमा आयोजित कार्यक्रम मार्फत राष्ट्रपतिले संसारका सबै बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निम्तो दिनुभएको छ ।
प्रदेश नं ५ लाई समृद्ध बनाउन लुम्बनिको विकासले ठूलो भूमिका खेल्ने उहाँले बताउनुभएको छ ।
लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन छिटो पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।