-भगतराम थारु
नेपालगन्ज । बाँके प्रदेशसभा (१) बाट निर्वाचित सांसद कृष्ण केसी नमूनालाई शुक्रबार नरैनापुरमा बन्धक बनाउने प्रयास गरिएको छ । साँझ करिब ६ बजेदेखि सांसद केसीलाई गाउँपालिकाको कार्यालयबाट स्थानीयले बाहिर आउन दिएका थिएनन् ।
निर्वाचन क्षेत्रको अवस्था र स्थानीयवासीहरुसँग भेटघाट गर्न पुगेका सांसद नमुना दिनभरी स्थानीयसँगै विभिन्न क्षेत्रको अनुगमन तथा भेटघाट कार्यक्रमपछि घर फर्किने क्रममा स्थानीयको भिडभाड देखेपछि गाडी रोकेर बुझ्न खोज्दा उल्टै स्थानीयको बन्धकमा परेका थिए ।
भारतीय सीमासँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक देबिदिन विकलाई प्रहरीले शुक्रबार अपरान्ह पाँच किलो चरेससहित पक्राउ गरेपछि विकको रिहाईका लागि सीमापारीबाट भारतीय नागरिक समेत नरैनापुर पुगेका थिए ।
सोहीक्रममा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहेकी सांसद केसीको गाडी रोकेर उनीहरुले भारतीय नागरिक निर्दोष भएकाले तत्काल रिहाई गरिदिन सांसद केसीलाई दबाब दिएका थिए । सांसद केसीको गाडी रोकेरै उनीहरुले जबसम्म बिकलाई रिहाई नगरेसम्म गाडी र सांसद केसीलाई पनि जान नदिने भएपछि केसी आपतमा पर्नुभएको थियो ।
सांसद केसीले प्रयोग गर्नुभएको गाडीको हावा समेत खुस्काइदिएका थिए । घटना झन अनियन्त्रित हुँदा प्रहरीले हवाई फायर र आश्रु ग्यास समेत छोडेको थियो । प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीको गाडी, मोटरसाइकल र प्रहरी समेत घाइते भएको सांसद केसीले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो ।
केसीले घटना बारे प्रहरीसमक्ष बुझ्दा आफ्नो क्षमता भन्दा माथिको कुरा भएको हुनाले रिहाई गर्न नसकिने स्थानीय समक्ष बताउनुभएको थियो । शनिबार सांसद केसी नमुनाले पत्रकार सम्मेलन गरी आफ्नै निर्वाचित क्षेत्रमा पनि यस्तो हर्कत देखेरले अजित बनेको बताउनुभयो । स्थानीयको घेराबन्दीबाट उम्कन समय लागेको र थप प्रहरीको जनशक्ति नेपालगन्जबाट बोलाई उद्धार गरिएको पत्रकार सम्मेलनमा सांसद केसीले भन्नुभयो ।
साँझ करिब ६ बजे नरैनापुरबाट फर्किने क्रममा सांसद केसीलाई सदरमुकाम नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १० बजे सांसद नमुनालाई गाउँपालिकामा सकुशल उद्धार गरी ईलाका प्रहरी कार्यालय भगवानपुर हुदै राति २ बजे सदरमुकाम नेपालगञ्ज पु¥याएको थियो ।
सांसद केसीले आफ्नै निर्वाचन क्षेत्रमा बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुश भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्