– खसोखास
एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह विजयी भएका छन् । उनले ३७११ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का दावेदार सूर्य लम्सालले १७९७ र सञ्जय थापाले १५५४ मत ल्याएका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे र क्षेत्रीय उपाध्यक्षहरुमा बुद्धिसागर सुवेदी, बीआरलामा, कृष्णजीवी पन्त र सर्वज्ञ वाग्ले विजयी भएका छन् । महासचिवमा पशुपतिराज पाण्डे, सचिवमा अमृतबाबु कट्टेल र कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल विजयी भएका छन् ।
सहकोषाध्यक्षमा सन्तोषकुमार बिष्ट, महिला संयोजकमा दिक्षा बस्नेत, युवा संयोजकमा विनोद रुवाली, बोर्ड सदस्यहरुमा सत्यनारायण चौधरी, चित्रा कार्की, धरम विश्वकर्मा, दुर्गाप्रसाद श्रेष्ठ, छत्रकुमारी गुरुङ, खिमबिक्रम भट्टराई, अमर छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी र तिलक केसी निर्वाचित भएका छन् ।
आईसीसी सदस्यहरुमा शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती निर्वाचित भएका छन् ।
सबैभन्दा बढी मत ल्याउनेहरुमा भने उपाध्यक्षमा निर्वाचित कृष्णजीवी पन्त रहेका छन् । उनले ४६३९ मत ल्याएका छन् । त्यस्तै दोश्रोमा आईसीसी सदस्यमा निर्वाचित स्वराज खातीले ४२४७ मत ल्याएका छन् ।
पराजित हुनेहरुमा सबैभन्दा धेरै सचिवमा पराजित भानुभक्त खरेलले ३२६२ र उपाध्यक्षमा पराजित बालाराम घिमिरेले ३२२० भोट ल्याएका छन् । चुनावमा सबैभन्दा कम भोट बरिष्ठ उपाध्यक्षमा पराजित महिला उम्मेदवार इन्दिरा त्रिपाठीले ल्याएकी छिन् । उनले जम्मा ३०३ भोट ल्याएकी छिन् ।