राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी फिर्ता

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाबाट मात्रै पारित भएको राहदानी विधेयकलाई प्रमाणीकरण नगरी पुनर्विचारका लागि संघीय संसद्‌मा फिर्ता पठाउनुभएको छ ।

राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउनु भएको यो पहिलो पटक रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ (२) बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको हो । यो विधेयक प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपति सामु पठाएको थियो ।

राहदानी विधेयक प्रतिनिधिसभाले २०७५ सालको १० असोजमा पारित गरेको थियो । त्यसको भोलिपल्टै राष्ट्रिय सभामा टेबल भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार