बरिष्ठ बालरोग बिशेषज्ञ डा. विमल अग्रवालको निधन

विराटनगर । मस्तिष्कघातका कारण गत बैशाख २४ गतेदेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति १०.५८ बजे निधन भएको अस्पतालले जनाएको छ ।

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेन डेड भइसकेको बताएका थिए ।

पुर्वमै लोकप्रिय उनको विराटनगरको जहदा रोडमा घर रहेको छ भने उनका श्रीमती र एक छोरी छन् । उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए । सबैसँग घुलमिल हुने तथा राम्रो व्यवहार गर्ने उनको व्यक्तिगत स्वभाव थियो । उनको उपचारमा डा.डिल्लीराम काफ्ले,डा.प्रकाश काफ्ले,डा.राजेश नेपाल लगायतको टोली सहभागी थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार