मलेसियाका पूर्वराजाको निधन

एजेन्सी ।

मलेसियाका पूर्वराजा एवं प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको ८८ वर्षको उमेरमा निधन भएको छ। पाहाङ राज्यबाट ७ औँ केन्द्रीय राजा बनेका उनी पाहाङमा पाँचौँ राजा थिए ।

मलेसीयाका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान पूर्वराजाको निधन भएको बताएका हुन् । सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष राजा बनेका थिए।

लेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा छन्। मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार