घाँटी काटिएको अवस्थामा भेटियो वृद्धको शव

बारा ।

सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन् ।

शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार