मिलन चाम्ससंगको प्रेममा चर्चाबारे यसाे भन्छिन् वर्षा शिवकोटी

काठमाडौँ ।

फिल्म ‘वीर विक्रम २’ जेठ तीनबाट देशभरको हलहरुमा प्रदर्शनमा आएको छ । यो फिल्ममा अभिनेत्री वर्षा शिवकोटी, अभिनेता पल शाह, नाजिर हुसेन र बुद्धि तामाङका मुख्य भुमिकामा बनेको छ ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको यो फिल्म दुई साथीको मित्रता, प्रेमको कथामा तयार भएको छ । फिल्मले राम्रो व्यापार गरेको खबर बाहिरिएको छ । वर्षाको यो फिल्म करिअरकै उत्कृष्ट फिल्म भनेर समेत भनेकी थिइन् ।

फिल्ममा ‘बादल’ नाम गरेकी यूवतीको भूमिकामा देखिएकी वर्षाको काम राम्रो भएको छ । उनको अभिनयलाई दर्शकलाई मन पराएको छ । वर्षाले लामो समयपछि एउटा सशक्त भूमिकामा राम्रो काम गरेकी छिन् । नाजिर , पल र बुद्धिको कामलाई पनि राम्रो प्रतिकृया पाएको छ ।

वर्षालाई यो फिल्मले फिल्म जगतमा चिनाएको छ । वर्षा र चाम्सको प्रेम सम्बन्धको हल्ला पनि चलिरहेको छ । तर काम गरेपछि हल्ला चल्नु त स्वभाविक नै हो यो क्षेत्रमा । वर्षालाई चाम्ससंगको प्रेमसम्बन्धबारे प्रश्न गर्दा उनले स्वीकारेकी छैनन् । उनी पनि काम गरेपछि हल्ला चल्छ । हमीबीचमा त्यस्तो सम्बन्ध छैन भन्ने जवाफ दिन्छिन् ।

वर्षाले यो फिल्मबाट सफलता प्राप्त गरेकोमा निकै खुसी देख्छिन् । त्यसैले बिहिबार साँझ सामाजिक संजालमार्फत खुसी व्यक्त गरेकि छिन् । उनले एउटा मुस्कानबाट फिल्म यात्रा सुरु भएको भन्दै त्यसपछिका केही फिल्मले म ब्यक्तीलाई हँसाए होला तर करियर हाँस्न नसकेको बताउछिन् ।

उनी भन्छिन् ‘केही निर्देशकहरुसंग काम गरे । कामका लागि काम गरे जस्तो मात्रै भयो । म बन्न पक्कै सकेको थिइन । सिकारु कलाकारको रुपमा पाइला चाल्दै गर्दा भेटिनुभएका आदर्णिय मिलन सरसंगको भेट नै मेरो लागि टर्निङ पोइन्ट बनेको अनुभव गरेकी छु । केही पाएँ भन्ने महसुस हुन थालेको छ ।’

वर्षा आफू बन्ने बाटो खुलेको अनुभूती गरेकी बताउदै मिलन चाम्ससं सहकार्य गर्नु अगाडि धेरै राम्रा नराम्रा कुरा सुनेको बताइन् । ‘बीर विक्रम २’को यात्रा सुरु भएपछि चाम्सलाई नजिकबाट बुझ्ने मौका पाएपछि आजसम्म सुनिएका नराम्रा कुरा सबै निरर्थक लागेको बताएकी छिन् ।

चाम्स फिल्मको मात्र होइन शिर्जनशिलता, लगनशिलता, व्यवसायिकता र मानवियताका फ्याक्ट्री भन्दै वर्षाले फिल्ममा मुख्य पात्रका रुपमामा छानिनु र मिलनसंग सहकार्य गर्न पाएकोमा भाग्यमानि ठानेकी छिन् ।


मिलनलाई वर्षाले नाम जोडिएर अझै धेरै गसिप बने र बन्ने पनि छन् भनिन् । उनले राम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्ने शिक्षा मिलनबाटै पाएको बताइन् । वर्षाले आफूले यसरी भन्दा अर्को फिल्मको लागि बर्षाले चिप्लो घसी भन्नेहरु पनि देख्न पाइने जनाइन् । फरि पनि मिलनसंग काम गर्न इच्छा रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार