– डीबी विष्ट
बझाङ ।
साझा बिबेकशिल पार्टीका केन्द्रिय संयोजक रबिन्द्र मिश्रले बझाङमा गरिएको भष्ट्रचार बिरुद्धको अभियान कार्यक्रममा नागरिकहरुलाई पार्टीका बधुवा भक्त नभएर स्वतन्त्र बिबेशिल नागरिक हुन सुझाव दिएका छन् ।
सदरमुकाम चैनपुरमा बिहिबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नागरिकहरु नागरिक जस्ता नभएर पाटीका भक्त भएका कारण नेताहरु जनमुखी हुन नसकेको बताएका हुन् ।
आम मानिसहरुले जबसम्म आफ्ना नेताहरुको आलोचना गर्न सक्दैनन् तब सम्म यीनै नेताहरु र यीनीहरुका आसपासका मानिसहरुले शासन सत्ता सञ्चालन गर्छन् भन्दै उनले जनतालाई पाटीका भक्त नभएर स्वतन्त्र नागरिकका हैसियतले सक्षम योग्य राष्ट्रभक्ति र बिकासबादी मानिसहरुलाई समर्थन गर्न आग्रह गरे । नेताहरुको हस्तक्षेपका कारण राज्यका सबै संयन्त्रहरुमा ईमान्दारिता , नैतिकता , पदिय मर्यादा हराउदै भष्ट्राचार मौलाएको भन्दै मिश्रले भने ‘यो गतीबिधीले मानिसहरुको ब्यक्तिगत प्रगती त होला तर मुलुक समृद्ध हुँदैन ।’
भष्ट्राचार बिरुद्धको अभियानमा सुदूरपश्चिमका सबै जिल्लाहरुमा अभियान चलाउदै बझाङ पुगेका विवेकशिल साझा पार्टीका अन्य नेताहरुले पनि गणतन्त्र आएपछि मूलुकमा राम्रो प्रगती बिकास र समृद्धि होला भनेर सोचेको तर अझै पूरा नभएको धारणा राखे । नेताहरु आफ्नै निहित स्वार्थमा अल्झेका कारण अहिलेका काँग्रेस , नेकपा बाट परिबर्तन नहुने धारण ब्यक्त गरे ।
नेताहरुमा इमाल हरायो : डा सूर्यराज आचार्य
साझा विवेकशिल पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले अहिलेका नेताहरुमा ईमान , निष्ठा हराएको बताउदै आफुहरुले पद प्रतिष्ठाका लागी पैसा कमाउनका लागी नभएर मूलुकको आमुल परिर्बतन गर्नका लागी राजनितीमा लागेको बताए ।
संसारका सबै देशहरु भन्दा नेपाल प्राकृतिक हिसावले पनि स्रोत साधन सम्पन्न छ भन्दै उनले हामीले ब्यबस्थापन गर्न नसकेका कारण र नेताहरुमा ईच्छा शक्ति नभएकाले नेपालको बिकास हुन नसकेको धारणा राखे ।
नागरिकमा दलिय दासत्व : गोपी हमाल
सैगरि सुदुरपश्चिम प्रदेशका संयोजक गोपी हमालले अहिले पनि नागरिकहरुमा दलिय दासत्व कायमै रहेका कारण मुलुकको बिकास हुन नसकेकोले देशमा दण्डहिनता बढेको , भष्ट्राचार मौलाउदै गएको बताए ।
पार्टी प्रवेश गर्नेलाई माटोको टिका
पार्टीले गरेको भष्ट्राचार बिरुद्धको अभियान कार्यक्रममा नेताहरुको मन्तब्य बाट प्रभावित भएर यहाँका १० ÷१२ जनाले यो अभियानको समर्थन गर्दै साझा विवेकशिल पार्टीमा समेत प्रबेश गरेका थिए । पाटी प्रबेश गर्नेहरुलाई माटोको टिका लागाएर पार्टीका संयोजक मिश्रले स्वागत गरेका थिए ।
भ्रष्टाचार बिरुद्धको अभियान सुदूरपश्चिमका नौ वटै जिल्लामा गर्ने साझा विवेकसिल पार्टीले जनाएको छ ।