सप्तरी ।
सप्तरीमा चोरको समुहले सिसी क्यामेरा छोपेर चोरी गरेको छ । समुहले जिल्लाको राजविराज–७ स्थित बजारमा राखिएको सिसी क्यामेरामा कालो रुमालले बाँधी ग्लोबल कृषि सहकारी हाटबजारका पाँच वटा पसलबाट चोरी गरेको बिहीबार चोरी गरेको हो ।
मध्यराति हावाहुरी चलेपछि बत्ती गएको मौका छोपी चोरले दृष्टि चामल पसलबाट रु २५ हजार, गुलशन खातुनको किराना पसलबाट रु ५० हजार, रोशनी कस्मेटिक पसलबाट रु आठ हजार नगदसहित २५ हजार बराबरको सामान, राजाराम यादवको फोटोकपी पसलबाट ल्यापटपसहित रु ६० हजार र सम्झना भुजेलको कस्मेटिक पसलबाट रु १० हजार नगदसहित २५ हजारको सामान चोरेर भागेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले
चामल पसलकी सञ्चालिका सरिता झाले चोरहरुले सिसी क्यामेरा छोपेर चोरी गरेको बताइन्। पीडितले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बिहीबार उजुरी दिएका छन्।