मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग पुग्ने भन्दै विरञ्जमा र्‍याली

भारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । मतरिणाम हेर्दा नरेन्द्र मोदी भारतमा पुन: दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड बहुमतका साथ दिल्लीमा फेर्किने निश्चित भएको हो । सन् २०१४ मा तीस वर्षपछि पहिलो पटक बुहमतका साथ सत्तामा पुगेका मोदीले यसपटक त्यो भन्दा पनि ठूलो जनादेश प्राप्त गरेको छ । मोदीका यो जीतका असर पुरै दक्षिण एशियाका राजनीतिमा परिरहेको देखिन्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुले माेदीलाइ बधाइ तथा शुभकामना दिइसकेका छन् । बिहीबार नै नेकपाका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरुले सामाजिक संजाल मार्फत बधाइ दिइसकेका छन् । तर प्रदेश नम्बर दुईको पर्सामा भने प्रधानमन्त्री नरेन्द्र मोदीको जितमा विभिन्न समुहले तामझाका साथ खुसियाली मनाएका छन् । उनीहरुले वीरगन्जमा अलग अलग ठाउँमा मोदीको तस्बिर राखिएको ब्यानर हातहातमा बोकेर बजार परिक्रमा गरेका थिए ।

अन्त्यमा सो समुह एक ठाउँमा भेला भएर दीप प्रज्ज्वल गर्दै र मिठाइ पनि बाँडेका छन् । त्यस्तै मोदीको जीतमा विश्व हिन्दू संगठन नामका युवाले पनि मोटरसाईकल र्याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले विरगञ्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका थिए । मोटरसाइकलसहित र्‍यालीमा निस्किएका ती समुहले ‘हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ ‘ जस्ता नारा लगाएका थिए । मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग हुने उनीहरुको ठहर छ । र्‍यालीमा सहभागी एक सदस्यले भने- ‘मोदीको जीत हिन्दु नेपाली हरुको हितको कुरो हो, यसले नेपाललाई हिन्दु राष्ट्र बनाउन मद्धत पुग्नेछ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार