एजेन्सी ।
ब्रिटेनकी प्रधानमन्त्री टेरेजा मे ले त्यहाँको सत्ताधारी कन्जरभेटिभ पार्टिको नेताको पदबाट राजीनामा दिने बताएकी छन् । डाउनिंग स्ट्रिटबाट एउटा भावुक बक्तव्य दिंदै उनले यसो गर्ने बताएकी हुन् ।
उनी आफैले भने अनुसार आगामी जुन ७ तारिखमा पदबाट राजीनामा दिएर युकेको लागि नयाँ प्रधानमन्त्री चयन गर्न बाटो खोलिदिने भएकी हुन् । पार्टिभित्र नयाँ नेतृत्व चयनको प्रकृया सम्पन्न नहुन्जेल आफूले प्रधानमन्त्रीको पद सम्हालिरहने उनले बताएकी छन् । उनले आगामी जुन ७ तारिखका दिनमा पार्टि नेताको पद त्याग्ने छिन् र त्यसपछिको अर्को हप्ता नयाँ पार्टि नेतृत्व चयनको प्रकृया आरम्भ हुनेछ।
उनले ब्रेक्जिट सम्झौता पुरा गर्न नसकेको प्रति दुख व्यक्त गरेकी छन् । ब्रेक्जिट भनिने ब्रिटेन युरोपेली संघ, ईयू, बाट बाहिरिने प्रकृया सम्पन्न गर्न नस्कनु ूगहिरो खेदू को विषय हो उनले भनिन् । प्रधानमन्त्री मे ले ब्रेक्जिट सम्बन्धी उनको पछिल्लो योजनाका विरुद्ध आफ्नै सांसदहरूबाट कडा प्रतिरोधको सामना गर्नु परेको थियो। उनको नयाँ प्रस्तावमा विभिन्न पार्टिको समर्थन समेत जुटाउने प्रयास स्वरूप केही छुटहरूको समेत व्यवस्था थियो।
शुक्रबारको आफ्नो बक्तव्यमा प्रधानमन्त्री मे ले भनिन् उनको उत्तराधिकारीले ब्रेक्जिट प्रकृया सम्पन्न गराउनका लागि संसदमा सहमति निर्माण गर्न आवश्यक पर्नेछ। ” विवादका सबै पक्षमा रहेकाहरूले अडान छाडे त्यस्तो सहमति हुने उनले बताइन् ।,” उनले भनिन्।
प्रधानमन्त्री मे ले आफ्नो बक्तव्य टुंग्याउँदा उनको आवाज कामेको थियो। उनले भनिन्: “म अब केही समयपछि नै आफ्नो पद त्याग्नेछु जुन पदमा रहनु मेरो जीवनको सबैभन्दा गर्वको विषय थियो।”विपक्षी लेबोर पार्टिका नेता जेरमी कोर्बिनले भने उनले राजीनामा दिएर “सही काम गरिन्” र अब कन्जरभेटिभ पार्टि “विखण्डित” हुँदैछ।