” मार्ने, काट्ने लुट्नेहरुले नै हिंसाको विरोध गर्ने ? ” : रबिन्द्र मिश्र

– काठमाडौं।

साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले जनयुद्धको नाममा जसले मारे, काटे, रेटे, गिँडे, लुटे उनले हिंसाको विरोध गरेको भन्दै आलोचना गरेका छन् ।

हजारौँको घरपरिवार विचल्ली पार्ने र त्यसैको आधारमा अहिले शानको जीवन विताइरहेका तत्कालीन माओवादीका नेतारूले नै सज्जन बनेर हिंसाको निन्दा गरिरहेको उनको भनाई छ ।

सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्र हुँदाहुँदै हिंसाको राजनीति गर्ने र त्यसलाई संस्थागत गर्नेहरूबाट देशको भलो कहिल्यै नहुने पनि बताएका छन् ।

उनले लेखेका छन् जसले मारे, काटे, रेटे, गिँडे, लुटे, हजारौँको घर-परिवार विचल्ली पारे र त्यसैको आधारमा अहिले शानको जीवन विताइरहेका छन्, उनीहरूले नै सज्जन बनेर हिंसाको निन्दा गरिरहेका छन्। लोकतन्त्र हुँदाहुँदै हिंसाको राजनीति गर्ने र त्यसलाई संस्थागत गर्नेहरूबाट देशको भलो कहिल्यै हुँदैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार