१९९ यात्रु बोकेर जापान उडेको विमान आपतकालीन अवतरण, कोकिनका २४६ प्याकेट निलेको एकको मृत्यु

एजेन्सी ।

मेक्सीको सिटीबाट जापानका लागि उडेको विमानमा मै एक यात्रुको मृत्यु भएको छ । विमानभित्रै लागुऔषध खाएका कारण उनको मृत्यु भएको पोष्टमार्टम पछिको रिपोर्टमा देखिएको छ । रिपोर्ट अनुसार उनले कोकिनका २४६ वटा प्याकेट निलेको भेटिएको थियो ।

मेक्सीको बाट उदो एन नाम गरेका मृतकसहित १९९ जना यात्रु बोकेर सो विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो । तर विमान भित्रै उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपरेको थियो ।

अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एनको ज्यान गएको अधिकारीहरू बताउछन् । अधिकारीहरुका अनुसार खासमा उनी कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका थिए । तर उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

पोष्टमार्टम रिर्पोट

उदो एनले किन र कसरी कोकिनका २४६ प्याकेट निले भन्नेबारे अनुसन्धान भईरहेको मेक्सिकोका सङ्घीय अधिकारीहरूले बताएका छन । पोष्टमार्टममा मृतकको पेटबाट साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका प्याकेटहरू देखिएको छ । एयरमोसिलियो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्री गन्तव्यसम्मको यात्रा गर्न पाएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार