भक्तपुरमा मोटरसाइकल चोरी गर्दै हिड्ने ६ पक्राउ

-रामगोपाल तमखु,

भक्तपुर प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–६ घर भई हाल बौद्ध काठमाडौं बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका–५ घर भई बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका–३ का २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङ खोटेहाङ गाउँपालिका–९ घर भई त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका–२ का २२ वर्षीय भिजन कार्की रहेका छन् ।

यसैगरी लागु औषध ओसार पसार तथा विक्री वितरण गर्ने एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–७ का २४ वर्षीया राजेश राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार