प्रधानमन्त्री ओलीलाई चौथो मानार्थ विद्यावारिधि दक्षिण कोरियाली विश्वविद्यालयबाट

काठमाडौं।

गणतन्त्र दिवसको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ ग्रहण गर्दैछन्।

नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानर्थ उपाधि प्रदान गर्ने भएको छ।

कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ड सिनिल युन र त्रिविका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रुपमा आमन्त्रण गरेका छन्। प्रेसिडेन्ड युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन्। ओलीले ग्रहण गर्न लागेको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार