लिस्बन।
पोर्तुगलमा उबर, क्यबिफाई र काप्टेन ट्याक्सी कम्पनीको लाइसेन्स निकाल्न IMT भ्रष्टचार गर्ने र घुस लिने र दिने ८ जनालाई पोर्तुगलको न्यायिक प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई विभिन्न ट्याक्सी कम्पनीको लाइसेन्स चाडो प्राप्त गर्न घुस दिएको र लिएको आरोप छ।
पोर्तुगलको न्यायिक प्रहरीले प्राप्त गरेको सुचनाको आधारमा भ्रष्टचार बिरुद्धको युनिटले मंगलवार विभिन्न ड्राईभिंङ स्कुल र IMT मा छापा मार्दा लाइसेन्समा भ्रष्टचार भएको भेटिएको हो। घुस लिएर नियम र कानुन मिच्दै ड्राईभिंङ स्कुलको सहयोगमा ट्याक्सी कम्पनीहरुको लाइसेन्स बाडिएको प्रहरीको ठहर छ।
IMT बाट ट्याक्सीको लाइसेन्स लिने र दिने काममा भएको भ्रष्टचारमा पक्राउ पर्नेहरुमा नक्कली कागजात बनाउने डाक्टर र प्रमाणित गर्ने वकिल, ड्राईभिंङ स्कुल , IMT का कर्मचारी र स्वयं ड्राइभर समेत रहेका छन्।