८ वर्षीय बालकको अपहरणपछि हत्या

वीरगञ्ज

अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको छ । अपहरणमा परेका बालकको हत्या भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ । विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । अपहरणकारीको कम्मरमुनि गोली लागेको छ । नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् । शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका शर्मा अपहरणका योजनाकार रहेको प्रहरी दाबी छ ।

प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए । तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार