कैलाली र कन्चनपुरमा नेपाल भारत सिमा नै छैन, २ सय ८५ सीमा स्तम्भ गायब !

– हिमाल जोशी

धनगढी-कैलाली र कञ्चनपुरको नेपाल–भारत सीमा नाकामा २ सय ८५ सीमा स्तम्भ हराएका छन्।

विगत तिन वर्षदेखि सीमा नाकामा सीमा सर्वे टोलीले सिमा स्तम्भको सर्वे गर्ने क्रममा सिमा स्तम्भ हराएको फेला पारेको हो।

सीमा सर्वे टोली नम्बर ४ का प्रमुख जनकराज भट््टले भने,‘ति हराएका सीमा स्तम्भ मध्य केहि नदीले बगाएको र केहि जिर्ण भएर सकिएका छन्।’ उनले नक्सामा सीमा स्तम्भ देखिए पनि फिल्डमा नदेखिएको बताए। भट्टले भने,‘अहिले फिल्डमा नभेटिएका २ सय ८५ सिमा स्तम्भ मध्य १० देखि २० प्रतिशत हराएका हुन सक्छन्।’ उनका अनुसार ७७ वटा नयाँ सीमा स्तम्भ निर्माण कार्य पुरा भएको छ।

नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी तथा सीमा सर्वे टोलीको बिहीवार धनगढीमा सम्पन्न संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संयुक्त सीमा सर्वे टोली नं. ४ का प्रमुख भट्टले त्यस्तो जानकारी दिएका हुन्।

नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले काम थालेको दुई वर्षमा ७७ वटा नयाँ पिल्लर निर्माण गरेको छ। संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा मुख्य र सहायक गरी ७७ वटा नयाँ पिल्लर निर्माण गरिएको जनाएको छ।

नेपालका तर्फबाट संयुक्त सीमा सर्भे चार नम्बर टोलीका प्रमुख भट्टले दोस्रो चरण अन्तर्गत गत मंसिरदेखि काम सुरु गरिएकोमा ४९ वटा नयाँ पिल्लर निर्माण गरिएको जानकारी दिए। त्यसरी निर्माण गरिएका सीमा स्तम्भ मध्ये कैलालीमा जंगे सीमा स्तम्भ ८ र ४० सहायक सीमा स्तम्भ रहेका रहेका छन्। एउटा कञ्चनपुरको रहेको छ।

प्रमुख भट्टले कैलालीमा ७३ सीमा स्तम्भको निर्माण गर्नुपर्ने अवस्था रहेको भएपनि केहि ठाउँमा विवाद देखिएको र अहिले पनि कैलालीको फुलबारी, नर्सरी भन्ने स्थान र कञ्चनपुरको पुनर्वासका विभिन्न क्षेत्रको सीमा विवाद कायमै रहेका बताए।

कैलालीमा ५३ जंगे र २२९ सहायक गरी २८२ सीमा स्तम्भ र कञ्चनपुरमा ६१ जंगे र ३ सय २९ सहायक गरी ३ सय ८० सीमा स्तम्भ रहेको जनाइएको छ। संयुक्त बैठकले सीमा स्तम्भ सर्वे कार्यलाई निरन्तरता दिनका लागि माथिल्लो निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेपाल भारत सिमानाकामा सीमा स्तम्भ सर्वेको बाँकी कार्यलाई पुरा गर्नका लागि सर्वे कार्यलाई निरन्तर दिन दुवै देशका सुरक्षा अधिकारी सहमत भएकोे बताए। उनले भने,‘त्यसै अनुरुप माथिल्लो निकायमा सीमा सर्वेलाई निरन्तरता दिन पत्राचार गर्ने निर्णय भएको छ।’

बैठकमा भारतको चार जिल्ला चम्वात, लखीमपुरखिरी, पिलभित, उधमसिंहनगर र नेपालको कैलाली, कञ्चनपुर जिल्ला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख तथा सर्वे टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार