फेसबुकबाट अश्लिल म्यासेज पठाउने प्रहरी हवल्दार पक्राउ

काठमाडौं ।

फेसबुकबाट किशोरीहरुलाई अश्लिल म्यासेज पठाउने एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

भारतको जम्बू कश्मीरको रियासी जिल्लामा नक्कली फेसबुक आइडी बनाएर १६/१७ वर्षका किशोरीहरुलाई अश्लिल म्यासेज पठाउने प्रहरी हवल्दारलाई पक्राउ गरेका छन् ।
पक्राउ परेका व्यक्ति केन्द्रीय सुरक्षा बलका जवान हुन् । प्रहरीले अहिले घटनाको छानविन गरिरहेको छ ।

के हो पूरा घटना ?

गएको मे ८ तारिखमा एक किशोरीको पिताले प्रहरी चौकीमा गइ आफ्नो छोरीमो म्यासेज देखाएपछि घटना बाहिर आएको हो ।

प्रहरीले साइबर अपराध अन्तर्गत अनुसन्धान गर्दा नक्कली फेसबु्क अकाउन्ट बनाएको खुल्न आएको छ । नक्कली फेसबुक एकाउन्ट भन्ने पत्ता लगाएपछि प्रहरीले एकाउन्ट सञ्चालन गर्नेको पनि अनुसन्धान गर्न थाल्यो ।

जब प्रहरीको अनुसन्धान बाहिर आयो सबैजना चकित परे । ती युवतीसँग च्याट गर्ने अरु कोही नभएकर केन्द्रीय सुरक्षा बलका प्रहरी हवल्दार थिए ।

हवल्दारलाई कारागारमा राखेर केरकार गर्दा उनले अरु किशोरीहरुलाई पनि अश्लिल म्यासेज पठाउने गरेको खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार