कंचनपुरको बिच सडकमा नै महिला माथी ड्राइभरको निर्दयी कुटपिट ! (भिडियो सहित)

कैलाली।

धनगढीबाट सार्वजनिक सवारीसाधन चढेर महेन्द्रनगर पुगेकी एकजना महिलालाई सवारी चालकले बिच सडकमै अपशब्द बोल्दै कुटपिट गरेका छन् । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको (विङ्गर गाडी) मालिका यातायातका चालक गोकुल बोहराले सडकमै महिलालाई दुब्र्यवहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिईएको जानकारी दिनुभयो ।

उहाँले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैया भाडादर रहेपनि चालकले २ सय रुपैयाँ मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको जानकारी दिनुभयो । कुटपिट गर्ने चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार